arrow

काठमाडौं महानगरको नीति तथा कार्यक्रम

२० जनालाई रोजगारी दिने व्यवसायीलाई करमा शतप्रतिशत छुट दिने बालेनको घोषणा [भिडियो]

विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टिइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
balen-02-31.jpg

काठमाडौँ । आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रवार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बोलन्द्र साह बालेनले यस्तो घोषणा गरेका हुन्। 

बालेनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैङ्कमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए । उनले महानगर क्षेत्रका सहकारी संस्थाहरूको कारोबारलाई विद्युतीय प्रणालीमा आबद्ध गरी थप व्यवस्थित बनाइने उल्लेख गरे । उनले सहकारी सूचना केन्द्रको स्थापना गरी बचत सङ्कलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने जानकारी दिए । 

बालेनले विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने बताए । उनले सबै स्रोत केन्द्रमा कम्तीमा एक जना मनोपरामर्शदाता र एक जन नर्सको व्यवस्था गरिने उल्लेख गरे । उनले पूर्वप्राथमिक तहका कक्षा कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाउँदै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिने बताए । उनले सामुदायिक विद्यालयहरूको दिवा खाजाका लागि डाइट योजना सहितको मापदण्ड लागू गरिने उल्लेख गरे । 

मेयर साहले २ सय भन्दा कम विद्यार्थी भएका विद्यालयहरूमा सेन्टर किचनको अवधारणा ल्याउने बताए । उनले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौं महानगरपालिकाको एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने जानकारी दिए । उनले अटिजम भएका विद्यार्थीलाई लक्षित गर्दै विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिने उल्लेख गरे । उनले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टिइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइने घोषणा गरे ।

बालेनले भने,‘कम्तीमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने व्यवसायीलाई शुरुको तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिइनेछ । काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैङ्कमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइनेछ । महानगरपालिका क्षेत्रका सहकारी संस्थाहरूको कारोबारलाई विद्युतीय प्रणालीमा आबद्ध गरी थप व्यवस्थित बनाइनेछ । सहकारी सूचना केन्द्रको स्थापना गरी बचत सङ्कलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने छ । विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिनेछ । सबै स्रोत केन्द्रमा कम्तीमा एक जना मनोपरामर्शदाता र एक जन नर्सको व्यवस्था गरिनेछ । पूर्वप्राथमिक तहका कक्षा कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिनेछ । सामुदायिक विद्यालयहरूको दिवा खाजाका लागि डाइट योजना सहितको मापदण्ड लागू गरिनेछ । यस्तो गर्दा २०० भन्दा कम विद्यार्थी भएका विद्यालयहरूमा सेन्टर किचनको अवधारणा ल्याउनेछ । सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौं महानगरपालिकाको एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइनेछ । अटिजम भएका विद्यार्थीलाई लक्षित गर्दै विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिने छ । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टिइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ