arrow

युरोकपमा जर्मनीको विजयी शुरुआत, आज तीन खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
eurocup-germany-2024.jpg

काठमाडौँ । जर्मनीले युरोकप फुटबलमा विजयी शुरुआत गरेको छ । गएराति भएको युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एक एक गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलमा स्कटल्याण्डका रियान पोर्टेओउसले खेलको ४४औँ मिनेटमा रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समुह ए मा रहेको जर्मनीले ३ अंक हासिल गरेको छ ।

युरोकप अन्तर्गत आज साँझ ६ः ४५ बजेदेखि हंगेरी र स्वीट्जरल्याण्ड खेल्दै छन् । राति ९ः ४५ बजेदेखि स्पेन र क्रोएसिया खेल्दै छन् ।

त्यस्तै राति १२ः४५ बजेदेखि इटाली र अल्बानिया खेल्दै छन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ