arrow

बुबाको सम्झना

logo
शिरिष विलास, 
प्रकाशित २०८१ असार १ शनिबार
shirish-vilas-81-3-1.jpg

मीठा–मीठा हाँसोका ती पलहरू
बुबाको साथमा बितेका ती दिनहरू
हिजो मात्रको सपना जस्तै लाग्छ आज
गहिरो सम्झना मात्र छ हामी माझ ।
घरको आँगनमा गुन्जेको त्यो खुशीको हाँसो
छातीमै रह्यो विवश त्यो हजारौँ गुनासो
छोडेर गयौ बादल पारीको लामो यात्रामा
जलेर गयौ त्यो शरीर माटोको शेषमा ।
कहिलेकाहिँ वर्षालाई अँगाली भिज्दछु
बर्सेको पानीलाई आशीर्वाद झैँ बुझ्दछु
आँसु पुछ्दै झ–झल्किन्छु तिम्रो याद सारा 
सधैँभरि हुनेछौ तिमी यो मनको तारा ।
झसङ्ग उठ्दछु मध्यरातको अन्धकारमा
सपनाको त्यो बिचल्लिएको चित्कारमा
बित्दछ जीवन एक र एक्लोको आभाषमा
अर्को जन्ममा फर्की आउ फेरि बुबाकै प्रकाशमा ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ