arrow

स्वीट्जरल्याण्डको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
eurocup-2024-switzerland.jpg

काठमाडौँ । स्वीट्जरल्याण्डले युरोकप फुटबल अन्तर्गत विजयी शुरुआत गरेको छ । शनिबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले हंगेरीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

स्वीट्जरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक एक गोल गरेका थिए । स्वीट्जरल्याण्डले २ गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो । 

त्यस्तै हंगेरीले एक गोल खेलको ६६औ मिनेटमा फर्काएको थियो । हंगेरीका लागि बार्नाबास भार्गाले गोल गरेका थिए ।

यो जितपछि स्वीट्जरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हसिल गरेको छ । समूह ए मा आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ ।

अब स्वीट्जरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ