arrow

युरोकपमा स्पेनको शानदार शुरुआत, क्रोएसियामाथि जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
eurocup-2024-spain.jpg

काठमाडौँ । स्पेनले युरोकप फुटबल अन्तर्गत क्रोएसियामाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा स्पेनले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा अल्भारो मोराटा, फबियान रुइज र डानी कारभाजलले एक एक गोल गरेका थिए । स्पेनले तीनै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलमा क्रोसियाले धेरै अवसर पाए पनि गोलमा परिणत गर्न भने सकेन । क्रोएसियाले खेलको ८०औ मिनेटमा पाएको पेनाल्टी ब्रुनो पेटकोभिकले मिस गरेका थिए ।

यो जितपछि स्पेनले युरोकपमा शानदार शुरुआत गर्दै समूह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब स्पेनले दोस्रो खेलमा इटालीसँग जुन २१ मा खेल्नेछ । त्यस्तै क्रोएसियाले भने अर्को खेल जुन १९ मा अल्बानियासँग खेल्ने तालिका छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ