arrow

खेलमा कमब्याक गर्दै इटालीले युरोकपमा गर्‍यो विजयी शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
eurocup-2024-italy.jpg

काठमाडौँ । इटालीले युरोकप फुटबलमा विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीले अल्बानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

१–० गोलले पछि परेको इटालीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । अल्बानियाका लागि नेडिम बज्रामीले खेलको २३ सेकेन्डमै गोल गरेर अल्बानियालाई शुरुआती अग्रता दिलाएका थिए । बज्रामीले गरेको यो खेल युरोकपको इतिहासमै सबैभन्दा छिटो गरेको गोल बनेको छ ।

त्यस्तै इटालीले पनि खेलमा छिटो कमब्याक गर्दै खेलको ११औ मिनेटमा अलेसान्द्रो बास्टोनी र निकोलो बारेलाको गोलमा अग्रता लिएको थियो । बास्टोनीले खेलको ११औ मिनेटमा र बरेलाले खेलको १६औँ मिनेटमा गोल गरेका थिए ।

युरोकपको डिफेन्डिङ च्याम्पियन रहेको इटालीले यो जितपछि समूह बीमा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब इटालीले अर्को खेल जुन २१ मा स्पेनसँग खेल्नेछ भने अल्बानियाले जुन १९ मा क्रोएसियाको सामना गर्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ