arrow

हरेराम अर्थात् हार्मोनियम मिस्त्री [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
hamronium-hareram-sah-(16).jpg

काठमाडौँ । असनचोकबाट बाङ्गेमुढातिर लाग्दा सायद कोही पनि नहुन सक्छ हार्मोनियमको आवाज नसुन्ने । हतपत कोही पनि नछिर्ने पुरानो र साँघुरो घर जुन घरको पहिलो तल्लामा छ हरेराम म्युजिक सेन्टर ।

हरेराम साह अर्थात् हार्मोनियम मिस्त्री । नेपाली संगीत जगतमा लागेका र लाग्दै गरेका जोकोहीलाई पनि थाहा छ हरेरामबारे । बुबा थाकाराम साहका पाँच दाजुभाइमध्येको जेठा छोरा हुन हरेराम । हरेरामले जेजति सिके आफ्नो बुबासँगै सिके । 

उनी बुबासँग १५ वर्षकै उमेरमा हार्मोनियम बनाउन नेपालका विभिन्न जिल्ला चहारे । पछि २०३४–३५ सालतिर मात्र असनको न्हैकंनतलाको घरमा डेरा गरी हार्मोनियम मर्मत गर्न थालेको उनी बताउँछन् । त्यस समयदेखि उनी हार्मोनियम मर्मतमै सक्रिय छन् ।
     
हरेराम साह उमेरले छ दशक काटिसकेका छन् । उनी प्रत्येक दिन आफ्नो म्युजिक सेन्टरमा हार्मोनियम मर्मत गर्न व्यस्त देखिन्छन् । पुख्र्यौली पेशा भएर होला जोस र जाँगरमा अलिकति पनि कमी आएको छैन । तर आँखालाई भने चस्मा नभई नहुने भएको छ ।
     
उनी कुशल हार्मोनियम मिस्त्री मात्र भने होइनन् । कुशल हार्मोनियम वादक पनि हुन् उनी । १६–१७ वर्षकै उमेरमा गायक एवं संगीतकार फत्तेमान राजभण्डारीले रुचाएको उनलाई नेपाली संगीतका महान हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए । गुरुङले हरेरामलाई हार्मोनियम बजाउन मात्र भने सिकाएनन् पछि आफ्नो वाद्यवादक समूहभित्रसमेत राखेको हरेरामले सुनाए ।

पाकिस्तानी गजल सम्राट गुलाम अलिदेखि नेपालका महान् सांगीतिक हस्तीहरुले पत्याएका हरेराम आफ्नो पसलमा हार्मोनियम मर्मत गर्न आउने जोकोहीसँग पनि मिठो बोल्ने गर्दछन् र संगीतसाधना गर्न हौसला दिने गर्दछन् । 

तीन सन्तानका बुबासमेत रहेका उनी यही कामबाट दुई छोरा र एक छोरीलाई डाक्टर बनाउन सफल भएका छन् । श्रीमती सुनैना सह र दुई छोराहरुले पनि हार्मोनियम मर्मत गर्ने भएकोले हरेराम खुशी छन् ।
     
हरेरामले अहिले भने १७ वर्षीय चन्दन झा र इन्द्रजीत साहलाई हार्मोनियम मर्मतको तालिम दिइरहेको छन् ।
  
‘पुर्ख्यौली पेशा एकबाट अर्कोमा हस्तान्तरण नगरे त लोप भई हाल्छ नि’, हरेराम भन्छन् । 

hamronium-hareram-sah (1).jpg
hamronium-hareram-sah (2).jpg
hamronium-hareram-sah (3).jpg
hamronium-hareram-sah (4).jpg
hamronium-hareram-sah (5).jpg
hamronium-hareram-sah (6).jpg
hamronium-hareram-sah (7).jpg
hamronium-hareram-sah (8).jpg
hamronium-hareram-sah (9).jpg
hamronium-hareram-sah (10).jpg
hamronium-hareram-sah (11).jpg
hamronium-hareram-sah (12).jpg
hamronium-hareram-sah (13).jpg
hamronium-hareram-sah (14).jpg
hamronium-hareram-sah (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ