arrow

क्रसर व्यवसायी सडक आन्दोलनमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
crosser-udhyog-.jpg

काठमाडौँ । क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।आइतबार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले सरकारले क्रसर उद्योगहरूको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको भन्दै चरणबद्ध सडक आन्दोलनको घोषणा गरेका हो । 

महासङ्घले गत जेठ २३ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणको लागि अल्टिमेटम दिएको थियो । अल्टिमेटमा अनुसार सरकारले कुनै पनि मागको सुनुवाइ नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले बताए । उनले विगत १० वर्षदेखि क्रसर उद्योगहरू नवीकरण नहुँदा क्रसर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै पटक–पटक सरकारसँग नवीकरण गर्न माग गर्दा समेत बेवास्ता गरेको आरोप लगाए । 

उनले सरकारले व्यवसायीहरूको माग सम्बोधन गरेको खण्डमा विधिगत रूपमा काम गर्न तयार रहेको बताए । उनले क्रसर उद्योगीहरूको समस्यालाई सरकारले तत्काल अध्ययन गरेर हल गर्न माग गरे । अध्यक्ष न्यौपानेले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनले क्रसर नवीकरणको समस्या दीर्घकालीन समाधानको लागि समाधानका लागि वार्ता समिति बनाउन ध्यानाकर्षण गराए ।

उनले क्रसर उद्योग नवीकरण नहुँदा उद्योगी मात्रै नभई उद्योगमा काम गर्ने श्रमिकहरूको समेत चुलो बाल्न नसक्ने अवस्थाको सिर्जना भएको बताए । उनले कानूनसम्मत रूपमा दर्ता भएका र अव्यवहारिक मापदण्डका कारण नवीकरण नभएका उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्ने निर्देशन सरकारले गर्नुपर्ने बताए । उनले कानूनको दायरामा नआएका उद्योगलाई सरकारले समय दिनुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ