arrow

युरोकपमा नेदरल्याण्ड्सको विजयी शुरुआत, पोल्याण्ड पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
eurocup-2024-netherlands.jpg

काठमाडौँ । नेदरल्याण्ड्सले युरोकप फुटबलमा विजयी शुरुआत गरेको छ । समूह डी अन्तर्गतको खेलमा आइतबार राति सम्पन्न खेलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

१–० गोलले पछि परेको नेदरल्याण्डसले खेलमा कमब्याक गर्दै जित हासिल गरेको छ । नेदरल्याण्डसको जितमा कोडी गाक्पो र वोउट वेघोर्स्टले एक एक गोल गरेका थिए । यस अघि एडम बुकसाको गोलमा पोल्याण्डले शुरुआती अग्रता लिएको थियो ।

यो जितपछि नेदरल्याण्ड्सले समूह डीमा महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब नेदरल्याण्ड्सले अर्को खेल जुन २२ मा फ्रान्ससँग खेल्ने तालिका छ भने पोल्याण्डले जुन २१ मा अस्ट्रियासँग खेल्ने छ ।
            



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ