arrow

युरोकपमा स्लोभेनिया र डेनमार्कले खेले बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
eurocup-2024-denmark-slovenia.jpg

काठमाडौँ । डेनमार्क जारी युरोकप फुटबलको पहिलो खेलमा बराबरीमा रोकिएको छ । गएराति सम्पन्न समूह सी अन्तर्गतको खेलमा डेनमार्कलाई स्लोभेनियाले १–१ गोलको बराबरीमा रोकेको हो ।

डेनमार्कका लागि खेलको १७औँ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । तर खेलको ७७ औँ मिनेटमा स्लोभेनियाका एरिक जान्जाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि दुवैले एक–एक अंक हासिल गरेका छन् ।

अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ