arrow

राष्ट्रपति रामचन्द्र पौडेलबाट बर्लिनको  पर्खालसहित ऐतिहासिक स्थलको अवलोकन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
ramchandra-poudel-germany-b.jpg

बर्लिन । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको  पर्खाललगायतका ऐतिहासिक स्थलको अवालोकन गरेका छन् । 

सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति  जर्मनी पुगेका हुन् ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ । पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ