arrow

एम्बाप्पेको नाक भाँचियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
kelian-mbappe-nose-crack-24.jpg

काठमाडौँ । फ्रान्सले जारी युरोकप फुटबलमा विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुआत गरेको हो ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका केलियन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् । 

रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समूह चरणका बाँकी दुई खेलबारे के गर्ने भन्ने निर्णय छिट्टै लिने बताइएको छ ।

समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ