arrow

गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भीर गल्ती गरे - अर्जुननरसिंह केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
arjunnarsing-kc-02-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभाबी सरुवा आतङ्क फैल्याएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । 

सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरूको जथाभाबी सरुवा किन गर्नुपर्‍यो ? भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अङ्गहरूको चेन अफ कमान्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सीडीयोहरुलाई परिवर्तन गरेर सरुवा आतङ्क फैलाएको उनको आरोप थियो ।

सांसद केसीले भने, ‘सरकारले यो सय दिनको अवधिमा मैले गृह मन्त्रालयको सय दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यहरूको फेहरिस्त छ । तर नयाँ ढङ्गले जुन उत्साहका साथ, प्रतिविद्धताका साथ, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टिम प्रवेश गरेको थियो । मैले सय दिनको कार्यक्रममा कुनै पनि पाइन । मैले अघिल्लो वर्ष यही संसद्बाट भनेको थिए–तपाई शिवजीको जटामा भागिरथ अडकिएजस्तो नअडकिनु होला भनेर । अहिले मैले सम्पूर्ण परिस्थिति र परिवेश त्यतैतर्फ उन्मुख भएको देखेको छु । निश्चित विधि र परिधिभित्र रहेर काम गरेको मैले चाहिँ देखेको छैन । सय दिनमा १७ चोटि प्रहरीहरू परिवर्तन भए । ३४ सय भन्दा बढी प्रहरीहरू यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् । सय दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जबकि प्रहरी नियमावलीमा स्पष्ट रूपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिए मात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न हुन्न भन्ने छ । त्यसरी अहिले सरुवा आतङ्क, आतङ्क मात्र होइन, प्रहरी भित्रको चेन अफ कमाण्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ । त्यो गृहमन्त्रीजी तपाईँबाट आशा गरिएको यो होइन । तपाईँबाट निश्चित पद्धति र मर्यादा भित्र बसेर लोकलाजबाट बचेर मैले जेगरेको छु, प्रक्रियाबाट हुन्छ भन्ने मलाई चाहिँ विश्वास थियो । तर मैले सय दिन अत्यन्त धैर्यतापूर्वक हेरेँ । तर जुन ढङ्गको सरुवा आतङ्क, प्रशासनलाई निरीह छाया बनाउने र सुरक्षा अङ्गहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै वक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ । त्यसता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । र त्यो सरुवा आतङ्क किन गर्नुपर्‍यो ? मैले गृहमन्त्रीजीलाई ध्यानाकर्षण गराउन चाहेँ ।’

सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छाया बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ