- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदाम निवासी गणेशबहादुर ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार मनोनित भएका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ढकाललाई केन्द्रीय सल्लाहकार मनोनित गरेका हुन् ।
ढकालले विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएका थिए ।
पार्टीको जिल्ला सचिव हुँदै कास्कीको कार्यवाहक अध्यक्षसमेत बनेर काम गरेका ढकाल निष्ठाको राजनीतिका साथै विभिन्न सामाजिक काममा सक्रिय छन् ।