arrow

अपाङ्गता भएका व्यक्तिहरूको बैङ्किङ क्षेत्रमा देखिएको समस्या तत्कालै समाधान गर्न सांसद गौतमको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
pratima-gautam-03-05.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बैङ्किङ क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्या समाधान गर्न माग गरेकी छन् ।  मंगलबार प्रतिनिधिसभामा अपाङ्गता भएका व्यक्तिहरूले बैंकमा सहजरुपमा खाता खोल्न नपाएको भन्दै उनले यस्तो माग गरेकी हुन् । 

उनले भनिन् .' कतिपय बङ्कहरूले साक्षी बेगर खाता खोल्न नदिने । खाता खोलेपछि पनि उनीहरूले एटिएम र मोबाइल बैङ्किङ जस्ता सेवाहरू उपभोग गर्न सकेका छैनन् । तसर्थ दृष्टिविहीन लगायत सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको बैङ्किङ क्षेत्रमा देखिएको समस्या तत्कालै समाधान गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ