arrow

युरोकपमा पोर्चुगलको विजयी शुरुआत, चेक गणतन्त्रमाथि पुनरागमन जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
eurocup-2024-por-cr-AP.jpg

काठमाडौँ । पोर्चुगलले युरोकप फुटबलमा विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक गणतन्त्रलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

१–० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको हो । पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । 

यसअघि चेक गणतन्त्रका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । त्यस्तै चेकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिएको थियो । चेकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।

अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्किएविरुद्ध खेल्ने छ भने चेकले भने जर्जियासँग खेल्ने तालिका छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ