arrow

युरोकपमा क्रोएसिया बराबरीमै रोकियो, अर्को चरण प्रवेश कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
eurocup-2024-cro-alb.jpg

काठमाडौँ । युरोकप फुटबलमा क्रोएसियालाई अल्बानियाले बराबरीमा रोकेको छ । जारी युरोकप अन्तर्गत समूह बी को खेलमा क्रोएसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २–२ गोलको बराबरीमा रोकेको हो ।

यसअघि १–० गोलले पछि परेको क्रोएसियाले खेलको ७४औँ र ७६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता हासिल गरे पनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।

अल्बानियाका लागि खेलको ११औँ मिनेटमा क्वाजिम लासीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औँ मिनेटमा क्रोएसियाका लागि आन्द्रेज क्रमारिकले बराबरी गोल गरेका थिए । 

त्यसपछि ७६औँ मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले आत्मघाती गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता हासिल गरेको थियो । त्यसपछि ९० मिनेटपछिको इन्जुरी समयको ५औँ मिनेट अल्बानियाका क्लाउस ग्जासुलाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि क्रोएसियाको नकआउट चरणमा छनोट हुने सम्भावना कठिन बनेको छ । क्रोएसियाले पहिलो खेलमा स्पेनसँग हार बेहोरेको थियो । क्रोएसियाको २ खेलमा केवल एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै अल्बानियाको पनि २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब क्रोसियाले समूह चरणको अन्तिम खेल जुन २५ मा इटालीविरुद्ध खेल्ने छ भने अल्बानियाले जुन २५ मै स्पेनसँग खेल्ने छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ