arrow

ललितपुरले मेलम्चीको विकल्प खोज्ने, डेंगी भ्याक्सिनको व्यवस्था गर्ने घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
chiribabu-lalitpur.jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगी भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन् । बुधबार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक पछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेको बताए । उनले शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरिएको बताए । उनले स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिने बताए । उनले ललितपुर महानगरभित्रका सम्पदामा कसैले आँच नपुग्ने गरी काम गर्न पाइने नीति लिएको बताए । उनले वातावरणको क्षेत्रमा पनि कायापलट हुने गरी काम गर्ने गरी नीति ल्याएको बताए । 

उनले ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगैँचाहरूको विकास गर्ने नीति लिएको बताए । उनले ललितपुर महानगरपालिकाले डेंगीको भ्याक्सिन ल्याउने कोसिस गर्ने बताए । उनले ललितपुर महानगरपालिकाभित्र सडक सञ्चालनलाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलह रु बनाउने योजना बनाउने नीति लिएको बताए । उनले चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएको बताए । उनले खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प पनि खोज्ने पक्षमा महानगर रहेको बताए । उनले त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको सिस्नेरी खोलाको पानी ल्याउन सरकारसँग पहल गर्ने बताए । 

उनले भने,‘ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेका छौं । शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरेका छौं । स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिरहेका छौं । सम्पदामा कसैले आच पुग्ने गरी काम गर्न पाइँदैन । वातावरणको क्षेत्रमा पनि कायपल्ट हुने गरी काम गर्ने गरी नीति ल्याएका छौं । ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगौचाहरुको विकास गर्ने नीति लिएका छौं । ललितपुर महानगरपालिकाले डेंगीको भ्याक्सिन ल्याउने कोसिस गरेका छौं । ललितपुर महानगरपालिकाभित्र सडक सञ्चालनलाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलह रु बनाउने योजना बनाएका छौं । चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएका छौं । खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ । मेलम्चीको विकल्प पनि खोज्नुपर्छ । त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको छ । सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको का



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ