arrow

जर्मनी लगातार दुई जितसहित युरोकपको नकआउट चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
eurocup-2024-germany-win-ww.jpg

काठमाडौँ । जर्मनीले जारी युरोकप फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । 

गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा जर्मनीके हंगेरीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । 

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए । 

यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ । 

त्यसैगरी हंगेरी भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेर एक खेलअघि नै बाहिरिएको छ । अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीट्जरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ । 

यसअघि आज बिहान सम्पन्न खेलमा स्वीट्जरल्याण्ड र स्कटल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । स्वीट्जरल्याण्ड र स्कटल्याण्डमध्ये एक टिम अर्को चरणमा पुग्नेछन् । स्वीट्जरल्याण्डको प्रबल सम्भावना छ । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ