arrow

अन्तरबैंक ब्याजदर सीमाभन्दा तल पुगेपछि बजारबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
nepal-rastra-bank-nrb-flag.jpg

काठमाडौँ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएसँगै नेपाल राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दैछ । निक्षेप संकलन उपकरणमार्फत बोलकबोल माध्यमबाट ब्याजदर निर्धारण हुने गरी नेपाल राष्ट्र बैंकले यस्तो तरलता प्रशोधन गर्न लागेको हो । 

यसका लागि बिहीबार दिउँसो ३ बजे ब्याजदर सम्बन्धी बोलकबोल हुनेछ । उक्त बोलकबोल प्रक्रियामा बैंक, विकास बैंक र वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन् । आज संकलन गरिएको बोलकबोलको अवधि १४ दिनको हुनेछ । जसअनुसार २० गते उक्त रकम परिपक्व हुनेछ । 

यस्तो निक्षेप कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने निक्षेपको सीमासम्म जति पनि रकमका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । 

एक साताअघि पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट खिचेको थियो । यो रकम आगामी साता परिपक्व हुँदैछ । एक सातापछि अर्को ५० अर्ब खिच्न लागिएको हो । असारमा सरकारी भुक्तानी हुँदै जाँदा सरकारी खाताको पैसा बैंकिङ क्षेत्रमा तरलता बढ्दै गएको छ । तरलता बढ्दा बैंकहरुबीचको अन्तरबैंकिङ ब्याजदर गत साता औसत २।९५ मा झरेको छ । 

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत निर्धारण गरेकोमा त्योभन्दा तल अन्तरबैंक ब्याजदर घटेकोले फेरि ५० अर्ब खिच्ने अनिर्णय लिएको हो । अहिले ब्याजदर करिडोरको सीमा ३ देखि ६ प्रतिशत रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ