arrow

बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ- रमेश लेखक [भिडियो]

मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
ramesh-lekhak-03-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । 

उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढङ्गले बजेट वितरण गरिएको छ । यो बजेटको वितरण त्यति उचित छैन । यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग सङ्केत गर्नुभयो । हामी आशा गरौँ । सरकारले बजेट परिमार्जन गर्नेछ । जुनजुन मन्त्रालयमा बजेट असन्तुलित भएको छ, त्यो मन्त्रालयमा बजेट सन्तुलित गर्ने र यो परिमार्जन गर्ने कुरा जुन प्रधानमन्त्रीले भन्नुभएको छ, यो सकारात्मक कुरा हो । प्रधानमन्त्रीजीले यसमा हस्तक्षेप गरेर बजेट परिमार्जन गर्नुपर्छ । बजेटप्रति सबैको असन्तुष्टि छ । प्रधानमन्त्रीजीले बोल्दा बजेटका प्रति असन्तुष्टि भएको सङ्केत गर्नुभएको छ । प्रधानमन्त्रीजी नै बजेटप्रति असन्तुष्ट भएको मैले सङ्केत पाएको छु । उनले परिमार्जन गर्नुपर्छ, सबैकुरा मिलेको छैन भन्नुभयो । यति भन्नु भनेको बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको कुरा देखिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ