arrow

कुमारी बैङ्क र फिल्लीबीच १० प्रतिशत छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
kumari-bank-discount-filli.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र एनडी थर्टी-नाइन बिजनेस ग्रुप प्राइभेट लिमिटेड (फिल्ली), काठमाडौंबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई फिल्लीबाट प्रदान गरिने सेवा तथा सुविधाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बौद्ध स्थित शाखाहरूबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ। यस सुविधाबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरूलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेमा बैङ्क विश्वस्त लिएको छ।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ