arrow

युरोकपमा इटाली पराजित, स्पेन नकआउट चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
eurocup-2024-ita-spain.jpg

काठमाडौँ । स्पेन युरोकप फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ५५ औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए । 

यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समूह बी बाट नकआउट चरणमा छनोट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोएसियासँग खेल्ने तालिका रहेको छ ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ