arrow

इङ्गल्याण्ड डेनमार्कसँग रोकिएसँगै अर्को चरणको सम्भावना चारै टिमको उत्तिकै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
eurocup-2024-eng-denmark.jpg

काठमाडौँ । युरोकप फुटबलमा इङ्गल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समूह सी अन्तर्गतको खेलमा डेनमार्कले इङ्गल्याण्डलाई १–१ गोलको बराबरीमा रोकेको हो ।

गएराति सम्पन्न खेलमा इङ्गल्याण्डले खेलको १८औँ मिनेटमा ह्यारी केनको गोलमा शुरुआती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । 

डेनमार्कका लागि खेलको ३४औँ मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।

यो बराबरीपछि समूह सी मा इङ्गल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।

अब समूह चरणको अन्तिम खेलमा इङ्गल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोही दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।

अर्को चरणको सम्भावना चार वटै टिमको उत्तिकै सम्भावना रहेकाले अन्तिम चरणबाटै छिनोफानो हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ