arrow

पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
FNJ-Final.jpg

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । 

निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ ।

उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । 

असार १० गतेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ