arrow

गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
makalu_ruralmunicipality_map.png
तस्बिर-फाइल

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् । 

एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । 

उच्च जोखिममा परेका ती परिवारहरुलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए । बाढीपहिरोले मानवीय क्षति भने भएको छैन । 

क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए । उनका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ । 

भोटखोला गाउँपालिका-४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ ।

सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ