arrow

जिन्दगी 

logo
कविता गौतम,
प्रकाशित २०८१ असार ८ शनिबार
kabita-gautam-81-3-8.jpg

जिन्दगी के हो कसलाई 
थाहा छ र 
कहिले रुन बाध्य बनाउँछ 
कहिले हाँस्न सिकाउँछ 
कसैलाई अन्धकारमा जलाएर
कसैलाई उज्यालो देखाउँछ 
घरीघरी कठीन परीक्षा लिएर
अगाडि बढ्न सिकाउँछ 
बादल भन्दा माथि उड्ने 
रहर देखाउने जिन्दगी 
समय र परिस्थिति अनुसार 
बाँच्न सिकाउने जिन्दगी 
आफ्नै संघर्षले 
भाग्य लेख्ने जिन्दगी 
दुःख र सुखको रसले भरिपूर्ण 
एक मुठ्ठी सासमा 
अडिएको छ जिन्दगी 
ए जिन्दगी ! 
तिमी यथार्थ हौ
कि विश्राम हौ ...?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ