arrow

यो रमिता 

logo
शिरीष विलास,
प्रकाशित २०८१ असार ८ शनिबार
shirish-vilas-81-3-8.jpg

ल हेरुम् साथी यो रमिता
हेर्नै पर्दैन यता र उता
देशमै छन थरी थरी अभिनेता
टाटा बाइ बाइ आचारसंहिता  ।

सय किलो पहेँलो सुटुक्क झन्डै
तर एक ग्राममा केरकार किन ल्याइस् भन्दै
ल हेरुम् साथी यो रमिता
हेर्नै पर्दैन यता र उता ।

जुन देश चल्छ रेमिट्यान्सको भरमा
डुबेका छन् जनता चर्को करमा
केही गर्छु भन्नेलाई धकालि दिन्छन्
ससुरालीको मान्छेलाई उकाली दिन्छन् ।

ल हेरुम् साथी यो रमिता 
हेर्नै पर्दैन यता र उता ।

देश हाँकेका खुट्टा तानातान गर्ने
कहिले हो घैँटोको घाम झुल्किने
देशलाई विदेशझैँ बनाउँछु भन्ने 
कति मात्रै यो झुठो आश्वासन सुन्ने

ल हेरुम् साथी यो रमिता
हेर्नै पर्दैन यता र उता ।

यो चार वर्ष मेरो अर्को चाहिँ तेरो
भन्दा भन्दै थच्किए जनता बिचरो
हजुरबाले छोडेन अझै कुर्सी
बुढेशकामा हरे शिव देखिँदैन हो हिस्सी ।

ल हेरुम् साथी यो रमिता
हेर्नै पर्दैन यता र उता ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ