arrow

स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
eurocup-2024-ukraine-slovakia.jpg

काठमाडौँ । युरोकप फुटबलमा युक्रेनले स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए । त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए । १–० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ ।

पहिलो खेलमा रोमानियासँग ३(० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समुह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितपछि युक्रेन समूहमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । 

अब युक्रेनले समूह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्नेछ भने स्लोभाकियाले रोमानियासँग सोही दिन खेल्ने तालिका छ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ