arrow

युरोकपको समूह डीमा अन्तिम खेलबाटै टुंगो, फ्रान्स र नेदरल्याण्ड्स बराबरीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
eurocup-2024-france-netherlands.jpg

काठमाडौँ । फ्रान्स र नेदरल्याण्ड्सले जारी युरोकप फुटबलमामा गोलरहित बराबरी खेलेका छन् । शुक्रबार राति सम्पन्न समूह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्ड्सले गोलरहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् ।

अघिल्लो खेलमा नाक नाक भाँचिएपछि फ्रान्सका केलियन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन् । यो बराबरीपछि समूह डी मा नेदरल्याण्ड्सको २ खेलमा ४ अंक भएको छ र समूहमा शीर्ष स्थानमा छ भने फ्रान्सको पनि २ खेलमा ४ अंक नै रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानको अष्ट्रियाको ३ तथा पोल्याण्ड अंकविहीन छ ।  अब फ्रान्सले समूह चरणको अन्तिम खेलमा जुन २५ मा पोल्याण्डसँग खेल्ने छ भने नेदरल्याण्डसले सोही दिन अस्ट्रियासँग खेल्ने छ ।

फ्रान्स लगभग अर्को चरणमा पुग्ने देखिन्छ भने नेदरल्याण्ड्स र अष्ट्रियामध्ये एक टिम अर्को चरणमा पुग्नेछ । 
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ