arrow

युरोकपमा जर्जिया र चेक गणतन्त्र बराबरीमा रोकिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
eurocup-2024-gerogia-check.jpg

काठमाडौँ । युरोकप फुटबलमा जर्जिया र चेक गणतन्त्रले बराबरी खेलेका छन् । जारी युरोकपको समूह एफ अन्तर्गत गएराति सम्पन्न खेलमा १–१ गोलको बराबरी भएको हो । 

पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यसअघि आ–आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक गणतन्त्रले दोस्रो खेलमा एक एक अंक हासिल गरेका छन् । पहिलो खेलमा जर्जिया टर्कीसँग  ३–१ गोल अन्तरले पराजित भएको थियो भने चेक गणतन्त्र पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो ।

अब समूह चरणको अन्तिम खेलमा जुन २७ मा जर्जियाले पोर्चुगलको सामना गर्ने छ भने चेक गणतन्त्रले सोही दिन टर्कीको सामना गर्नेछ ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ