arrow

युरोकपमा बेल्जियम लयमा फर्कियो, रोमानियामाथि जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
eurocup-2024-belgium-romania.jpg

काठमाडौँ । युरोकप फुटबलमा बेल्जियम लयमा फर्किएको छ । बेल्जियमले रोमानियालाई पराजित गरेको हो ।

गएराति सम्पन्न समूह ई अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २–० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।

पहिलो खेलमा स्लोभाकियासँग १–० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । यो जितपछि बेल्जियम समूह ईमा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अंकसहित नै शीर्ष स्थानमा छ ।

अब बेल्जियमले समूह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्नेछ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ