arrow

यी हुन् दुवै सदनको कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धमा माननीय सदस्यहरूले सोधेको स्पष्टीकरणको जवाफ दिनेछन् । 

विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय; वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

त्यस्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ अन्तर्गत निम्नलिखित मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा निम्नलिखित माननीय सदस्यहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्माणार्थ प्रस्तुत गर्नेछन् । प्रेम सुवालद्वारा प्रस्तुत युवा तथा खेलकुद मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय; परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव राख्ने कार्यसूची छ । 

डा. अमरेशकुमार सिंहद्वारा प्रस्तुत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय; सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय; वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय; अर्थ मन्त्रालय; गृह मन्त्रालय; परराष्ट्र मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव राख्ने छन् । 

बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । रमा कोइराला पौड्यालद्वारा प्रस्तुत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, सञ्जयकुमार गौतमद्वारा प्रस्तुत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् । अजयकुमार चौरसियाद्वारा प्रस्तुत शहरी विकास मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, राजेन्द्रकुमार के.सी.द्वारा प्रस्तुत रक्षा मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, जीवन परियारद्वारा प्रस्तुत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, दिलेन्द्रप्रसाद बडूद्वारा प्रस्तुत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, विना लामाद्वारा प्रस्तुत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, रुपा वि.क.द्वारा प्रस्तुत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, ज्ञानबहादुर शाहीद्वारा प्रस्तुत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव राख्ने छन् । 

शान्ति वि.क.द्वारा प्रस्तुत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, रोसन कार्कीद्वारा प्रस्तुत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, नागिना यादवद्वारा प्रस्तुत वन तथा वातावरण मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, तेजुलाल चौधरीद्वारा प्रस्तुत खानेपानी मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, मैना कार्कीद्वारा प्रस्तुत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, राजेन्द्र बजगाईँद्वारा प्रस्तुत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, डा. धवलशमशेर जङ्गबहादुर राणाद्वारा प्रस्तुत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, रामहरि खतिवडाद्वारा प्रस्तुत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव राख्ने छन् । 

मुक्ताकुमारी यादवद्वारा प्रस्तुत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, राजेन्द्रप्रसाद लिङदेनद्वारा प्रस्तुत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, श्यामकुमार घिमिरेद्वारा प्रस्तुत अर्थ मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, बुद्धिमान तामाङद्वारा प्रस्तुत गृह मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, हृदयराम थानीद्वारा प्रस्तुत गृह मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, उदय शमशेर ज.ब.रा.द्वारा प्रस्तुत परराष्ट्र मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, प्रदीप पौडेलद्वारा प्रस्तुत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, चन्दा चौधरीद्वारा प्रस्तुत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोग सम्बन्धी खर्च कटौतीको प्रस्ताव, पुष्पबहादुर शाहद्वारा प्रस्तुत युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव, विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्माणार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 


आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । भन्सार महसुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ 

। त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा त्थ दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ