arrow

बसबाट हजार किलो सुपारी बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
supari-illegal-81-3-9.jpg

रौतहट । पूर्व पश्चिम राजमार्गको रौतहटस्थित प्रहरीले एक यात्रुवाहक बसबाट एक हजार किलोग्राम सुपारी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिबार राति साढे १२ बजे चन्द्रपुर नगरपालिका  १ पौराई स्थित  प्रहरीको गस्ती टोलीले झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस  चेकजाँचको क्रममा डिकीमा राखिएको ३३ बोरा सुपारी बरामद गरेको थियो ।

बेवारिसे अवस्थामा बरामद गरिएको ८ लाख ५० हजार मूल्य बराबरको एक हजार किलोग्राम  बेवारिसे सुपारी आइतबार आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय  पथलैयामा बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ