arrow

गोलकिपरसँग ठोक्किएका फरवार्डको स्वास्थ्य स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
eurocup-2024-hungary-scotla.jpg

काठमाडौँ । युरोकप फुटबल अन्तर्गत भएको खेलमा फरवार्ड गम्भीर घाइते भएका छन् । हंगेरीका फरवार्ड बर्नाबास भार्गा स्कटल्याण्डका गोलकिपर एनगस गनसँग ठोक्किएपछि घाइते भएका हुन् ।

खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए । उनलाई खेल केही बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो ।

उनलाई खेलाडीहरुले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो । हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ ।

त्यस्तै हंगेरीका प्रशिक्षक मारको रोजीले उनी खतरामुक्त रहेको र उनको अनुहारमा फ्र्याक्चार रहेको बताएका छन् । यस घटनापछि उनी युरोकपबाट भने बाहिर भएका छन् ।  

यस खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेर नकआउट चरणको दौड कायम राखेको छ । 

समूह ए मा तेस्रो रहेको हंगेरी ६ समूहका तेस्रो स्थानमा रहेका शीर्ष चारमा परेमा नक आउट चरणमा छनोट हुने छ ।
 

   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ