arrow

इटाली युरोकपको नकआउटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
eurocup-2024-italy-croatia.jpg

काठमाडौँ । इटाली युरोकप फुटबलको नक आउट चरणमा पुगेको छ । गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो ।

इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यसअघि खेलको ५५औँ मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई शुरुआती अग्रता दिलाएका थिए ।

गएराति नै सम्पन्न समूह बीको अर्को खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औँ मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो ।

यो जितपछि समूह बी मा तीन ओटै खेल जितेर ९ अंकसहित स्पेन शीर्ष स्थानमा रहेको छ र नक आउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समूहमा दोस्रो हुँदै नक आउट चरणमा पुगेको छ । 

त्यस्तै क्रोएसियाको ३ खेलमा २ अंक रहेको छ र  नक आउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समूह चरणका खेलपछि ६ वटै समूहका तेस्रो स्थानमा रहेका देशमध्ये शीर्ष चारमा रहन सकेमा क्रोएसिया नकआउट चरणमा पुग्नेछ । अहिले भने क्रोएसिया पाँचौँ स्थानमा रहेको छ ।

त्यस्तै समूह बीबाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ