arrow

बीआरआई छिट्टै पारित हुने प्रचण्डको भनाइ, १.५ प्रतिशत ब्याज तिर्न तयार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
prachanda-81-3-11y.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ले १.५ प्रतिशत भन्दा धेरै ब्याजमा ऋण नलिने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेसका अर्का सांसद बद्री पाण्डेले बीआरआईबाट लिइने ऋण महँगो भएको भन्दै नेपालले कति प्रतिशतमा ऋण लिन्छ भन्दै प्रश्न सोधेका थिए । 

पाण्डेले विश्व बैंक र एसियाली विकास बैंकको ऋणको औसत ब्याजदर १ प्रतिशत भन्दा कम नै भएको र बीआरआईको ऋण औसतमा पनि ४ प्रतिशत रहेको भन्दै कति प्रतिशतमा ऋण लिने हो भनेर सोधेका थिए । जवाफमा उनले यस्तो जवाफ दिएका हुन् । 

कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले बीआरआई परियोजना अघि बढाउने सम्बन्धमा आजभोलि नै हस्ताक्षर हुन लागेको भन्ने सम्बन्धमा प्रधानमन्त्रीसँग प्रश्न सोधेका थिए । जवाफमा उनले यो प्रक्रिया अघि बढिरहेको भन्दै आज भोलिमै नभए पनि छिट्टै पारित हुने बताए ।

दाहालले सकेसम्म बीआरआई परियोजनाहरु अनुदानमै लिन चाहेकोसमेत उनले उल्लेख गरे । अहिले नेपालले लिएको वैदेशिक ऋणको औसत ब्याजदर ०.९३ प्रतिशत रहेको छ । चीनको एक्जिम बैंकले पोखरा एयरपोर्टका लागि दिएको ऋणको ब्याजदर ५ प्रतिशत रहेको देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ