arrow

विकिलिक्सका संस्थापकको नजरबन्द मुक्तीको राष्ट्रसङ्घद्वारा स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
julian-assange.jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्वपूर्ण कदम भनी प्रशंसा गरेको छ ।

असान्जले संयुक्त राज्यका अधिकारीहरूसँग निवेदन सम्झौतामा पुगेपछि अन्तिम अदालतको सुनुवाइको सामना गर्न तयार थिए, नजरबन्द मुक्तीले उनको वर्षौं लामो काराबास जिवनको अन्त्ये गरेको छ । 

“बेलायतमा नजरबन्दबाट जुलियन असान्जको रिहाइलाई स्वागत गरेको बताउदै संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले अन्तिम निवेदन सम्झौता अझै स्वीकृतिको प्रतीक्षामा रहेको जनाएकी छन् । 

आफुहरुले बारम्बार यो विषय उल्लेख गरिसकेको जनाउदै उनले यो मुद्दाले लामो समय देखि मानव अधिकारको चिन्ताको श्रृङखला खडा गरेको बताइन् । 

प्रशान्त महासागरको उत्तरी मारियाना टापुको अदालतमा दायर गरिएको कागजात अनुसार असान्ज राष्ट्रिय रक्षा जानकारी प्राप्त गर्न र प्रसार गर्न षड्यन्त्रको एकल गणनामा दोषी ठहर गर्न सहमत भएका छन् । उनी बुधवार अदालतमा उपस्थित हुने छन् ।

असान्जको बढ्दो लामो नजरबन्दले पनि चिन्ताको छुट्टै मुद्दा खडा गरेको बताउदै थ्रोसेलले आउँदो दिनमा पनि घटनाक्रमको निरन्तर निगरानी जारी राख्ने बताएकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ