arrow

युरोकप भिडन्तः इङ्गल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
eurocup-2024-eng-.jpg

काठमाडौँ । युरोकप फुटबलको समूह सीबाट इङ्गल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।

गएराति सम्पन्न खेलमा इङ्गल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए ।

यी बराबरीपछि इङल्याण्ड समुह सी मा ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३–३ को बराबरी अंक र गोल अन्तर पनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टु हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहँदै नक आउटमा छनोट भएको छ । 

त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहे पनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समूहका शीर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् ।

त्यस्तै समूह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरे पनि बाहिरिएको छ ।
        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ