arrow

युरोकपमा नेदरल्याण्ड्स स्तब्ध, अष्ट्रिया नकआउटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
eurocup-2024-netherlands-au.jpg

काठमाडौँ । अष्ट्रिया युरोकप फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति भएको खेलमा नेदरल्याण्ड्समाथि जित हासिल गर्दै अष्ट्रिया नकआउटमा पुगेको हो । 

अष्ट्रियाले नेदरल्याण्ड्सलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । अष्ट्रियाको जितमा रोमानो स्मिड र मार्सल सबिटाइजरले एक एक गोल गरेका थिए भने एक गोल नेदरल्याण्ड्सका मालेनले आत्मघाती गोल गरेका थिए । 

त्यस्तै नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।

समूह डी अन्तर्गत नै गएराति सम्पन्न अर्को खेलमा फ्रान्स र पोल्याण्डले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि दुवैले एक–एक अंक बाँडेका छन् ।

अब समूह डीबाट अष्ट्रिया ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । त्यस्तै नेदरल्याण्ड्स ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेर नक आउट चरणमा स्थान सुरक्षित गरेको छ ।

त्यस्तै ३ खेलमा एक बराबरी र २ खेलमा हर बेहोरेको पोल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ