arrow

युरोकपमा नकआउट चरणको समीकरण पूरा, यस्तो हुनेछ भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
eurocup-2024-knockout.jpg

काठमाडौँ । जारी युरोकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् ।

जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरी १२ देश नकआउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शीर्ष चार देश नकआउट चरणमा पुगेका छन् । जसमा समूह ए बाट जर्मनी विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समूह बीबाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् । त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नकआउटमा पुगेको छ । यस समूहबाट सर्बिया बाहिरिएको छ ।

त्यस्तै समूह डीबाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नकआउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुँदै नकआउटमा पुगेको छ । त्यसैगरी समूह ईबाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुँदै नकआउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नकआउटमा पुगेको छ ।

त्यस्तै समूह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नकआउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ ।

नकआउट भिडन्त

अब नकआउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।

त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ ।

नकआउट चरणका खेल जुन २९ देखि शुरु हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ