arrow

जर्जियासँग पोर्चुगल स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
eurocup-2024-por-georgia.jpg

काठमाडौँ । युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ ।

गएराति सम्पन्न जारी युरोकपको समूह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक एक गोल गरेका थिए ।

यो जितपछि समूह एफ मा जर्जिया तेस्रो स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ ।

त्यस्तै हारका बाबजुत पोर्चुगल समुहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै समूह एफमा टर्कीले चेक गणतन्त्रलाई २–१ गोल अन्तरले पराजति गरेको छ र समूहमा दोस्रो हुँदै नकआउट चरणमा छनोट भएको छ ।

यस समूहबाट चेक गणतन्त्र बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ