arrow

निर्मल पुर्जालाई कारबाही नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
Nirmal-purja1.jpg

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुव्र्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आरोही पुर्जामगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखे । 

उनले निर्मल पुर्जालाई कारबाही गर्नेकुराको आफूले घोर भत्र्सना गर्ने बताए । उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे । उनले कुनै नियम कानूनको उल्लंघन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताए । उनले निर्माल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ