arrow

पुनः वामपन्थी एकताको प्रक्रिया अघि बढेको प्रचण्डको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
prachanda-03-14.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रबार काठमाडौँमा उनले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताए । उनले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गरे । 

उनले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग आवश्यक रहेको बताए । उनले अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताए । उनले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु । अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखा परेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ । चाहे त्यो २०४६ सालको जनआन्दोलनको कुरा गरौँ, वा जनयुद्ध र जनआन्दोलनको संयोजनपछि हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको कुरा गरौँ । देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो । धेरै भएको छ । तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो । तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ । हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरूको पनि आवश्यकता के हो भने हामी एकताबद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ । हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ । तर यहाँ जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यस खालको सन्देश दिन खोजिएको छ, त्यसलाई रोक्नुपर्ने हुन्छ । हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढी नै सकेका छौँ । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ