arrow

समाचारको विषयमा सिधा कुराका प्रकाशक र सम्पादकसहित तीन जनाविरुद्ध साइबर अपराधको मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
kathmandu-district-court-kathmandu-jilla-adalat.jpg

काठमाडौँ । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।

उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो  । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।

सिधा कुरा डटकमले स्टिङ अप्रेशनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो ।

सिधाकुराले सो भिडियोमा कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर सामग्री तयार गरेको थियो । 

सोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको थियो । यसको फैसला वृहत् पूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।

गृहमन्त्री रवि लामिछानेले चलाउँदै आएको सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई फरार भन्दै गृह प्रशासनले हात झिकेपछि काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले बल्ल जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ