arrow

सम्झाउने कोही होस् 

logo
कविता गौतम,
प्रकाशित २०८१ असार १५ शनिबार
kabita-gautam-81-3-15.jpg

कसैले त 
बुझोस् न मलाई पनि 
आफ्नै जस्तै गरी
कसैले त सम्झोस् न
म नबोली कनै
मेरा अनुहार हेरेरै 
भनोस् 
के भएको छ तिमीलाई ?
किन निराश छौ ?
म झुटो मुस्कान 
ओठसम्म ल्याइ 
भन्न सकूँ
होइन होइन 
मलाई केही भएको छैन 
सब ठीक छ 
ऊ जिद्दी गरोस् 
कारण सोधोस् 
मलाई सम्झाओस् 
दुःखी नहोऊ
चिन्ता नलेऊ
म छु 
सब ठीक हुन्छ भनोस् 
मेरो हरेक सफलताको 
कारण ऊ बनोस् 
मेरा हरेक मुस्कानको 
पछि ऊ होस् 
मेरा कमजोरीलाई 
सही बाटोमा ल्याउने ऊ होस् 
जसलाई म 
मेरा हरेक कुराहरु 
बिना झुट 
बोली बताउन सकूँ
म आफूलाई भन्दा उसलाई विश्वास गरूँ 
उ मेरो भरोसाको मजबुत खाबो होस् 
जसको विश्वास थाँती राख्न पनि म 
हरदम कोसिस गरिरहूँ
मेरा हरेक सुख दुःखको साक्षी ऊ होस्
उसलाई भेटेपछि मेरो जीवनको 
हरेक प्रश्नको उत्तर भेटूँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ