arrow
ADVERTISEMENT

आजदेखि युरोकपमा नकआउटका खेल, इटाली र स्वीट्जरल्याण्ड खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
eurocup-2024-ita-swit-y.jpg

काठमाडौँ । जारी युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीट्जरल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुँदैछ ।

इटाली समूह बीमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इटालीले समूह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो ।

इटालीले पहिलो खेलमा अल्बानियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १–० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अन्तिम खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यस्तै स्वीट्जरल्याण्ड समूह चरणमा समूह ए मा दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो । स्वीट्जरल्याण्ड समूह चरणमा अपराजित रहेको छ । स्वीट्जरल्याण्डले पहिलो खेलमा हंगेरीलाई ३–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १–१ को र तेस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

इटाली र स्वीट्जरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ खेल जितेको छ भने स्वीट्जरल्याण्डले ७ खेल जितेको छ । त्यस्तै २४ खेल बराबरी भएका छन् ।      

नकआउट चरणमा को–को खेल्दै छन् ?

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् । जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन् ।

जसमा समूह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै समूह बी बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समूहबाट सर्बिया बाहिरिएको छ । 

त्यस्तै समुह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुदै नक आउटमा पुगेको छ ।

त्यसैगरी समुह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुदै नक आउटमा पुगेको छ । त्यस्तै समूह एफबाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नक आउटमा पुगेको छ ।

अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्नेछ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।

त्यसैगरी रोमानियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने अस्ट्रियाले टर्कीको सामना गर्नेछ । त्यस्तै इङ्गल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीट्जरल्याण्डले इटालीको सामना गर्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ