arrow

जिन्दगी

logo
शिरिष विलास, 
प्रकाशित २०८१ असार १५ शनिबार
shiris-vilas-81-3-15.jpg

जीवनमा हुन्छ दुःख हजार
मात्र दुई कदम सरेर हेर आज
हुनेछ तिम्रो सपना साकार
लिनेछ जीवनले सोचेको आकार ।
अत्तासिएर हैन जिउने जिन्दगी
कदम कदमले बन्छ सफल जिन्दगी
पाइला अघि बढेर त हेर
नयाँ संसारमा पाउने छौ जिन्दगी ।
हो म मान्छु सजिलो छैन जिन्दगी
हो म मान्छु सजिलो छैन जिन्दगी
असम्भव पनि त छैन जिन्दगी
टाढा छ तर छैन त्यति पनि
नछोड दुई कदम त्यति पनि ।
आजमा यो क्षण जिएर हेर जिन्दगी
‘न हिजो न भोलि’ को सोच जिन्दगी
सारङ्गीको सुरमा नाचेर हेर जिन्दगी
दुई कदम हिंडेर हेर जिन्दगी ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ