arrow
ADVERTISEMENT

धान दिवसमा प्रचण्डको प्रतिबद्धता

किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छ- प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
prachanda-03-15.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानलाई मलको अभाव हुन नदिने बताएका छन् । प्रधानमन्त्री दाहालले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिबार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उनले यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताए । उनले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने बताए । प्रधानमन्त्री दाहालले खेती बालीका लागि आवश्यक बीउविजनको व्यवस्था गर्न पनि सरकार लागि परेको बताए । उनले चितवनको खेतीबालीको लागि आवश्यक सिँचाइको व्यवस्था गर्न त्रिशूली नदीको पानी टनेल खनेर शक्ति खोर पुर्‍याउने विषयमा पनि सरकारले छलफल शुरु गरेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘हामी कृषि दशक घोषणा गरेको सन्दर्भमा यहाँ केन्द्रित छौं । तर मैले खेतीवाली विकासको निम्ति अनिवार्य तत्त्वहरू मध्ये एउटा र महत्त्वपूर्ण कुरा सिँचाइ हो । सिँचाइ सुविधा चितवनवासी जनतालाई प्राप्त होस भन्नका लागि मैले गरेको पहल यहाँ बताइयो । अहिले प्रदेशको मुख्यमन्त्रीजीले पनि नारायणी लिफ्टका सन्दर्भमा आफ्नो ध्यान गएको र बजेट छुट्टयाएको कुरा पनि गर्नु भयो । म उनलाई पनि धन्यवाद भन्न चाहन्छु । समग्र जिल्लाको सिँचाइको विकासको निम्ति त्रिशूली नदीलाई टनेलबाट शक्ति खोर निकाल्नेबारे पनि अहिले सरकारको विभिन्न स्तरमा छलफल चलिराखेको छ । त्यो भयो भने त्यसले धेरै चिज गर्न सक्छ । यहाँहरूलाई थाहा छ–मैले भर्खरै सुनकोशी मरिन डाइभर्सन झन्डै १३ किलोमिटर भन्दा लामो टनेलको ब्रेक थु्र गरेँ । हुन त ब्रेक थू्रक नागढुंगा टनेलको पनि भयो । तर चितवनको पनि त्यो सम्भावना छ । त्यसबारेमा पनि छलफल चलिराखेको छ । दोस्रो चाहिँ आवश्यक तत्त्व मल नै हो । मलको उचित व्यवस्थापनले मात्रै उत्पादन वृद्धिलाई मद्दत गर्न सक्छ । त्यसमा पनि नेपाल सरकारको गहिरो ध्यान छ । अहिले मलको कमी हुन नदिनका निम्ति धेरै मेहनत पछि अब मल आउँदै छ । तर त्यो मल आइसकेपछि पनि वितरण प्रणाली व्यवस्थित भएन भन्ने जनगुनासो पनि मैले सुनेको छु । त्यो वितरण प्रणालीलाई व्यवस्थित गर्ने हो भने गत साल पनि मलको धेरै हाहाकार भएको होइन । मल आवश्यक मात्रामा व्यवस्था गरिएको हो । र यस वर्ष पनि मलको व्यवस्था हुन्छ । यो पनि एउटा तत्त्व हो भने उचित बीउविजनको विकास पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ