arrow
ADVERTISEMENT

विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका मैदानमा, भारतको कमजोर ब्याटिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
t20-wc-2024-virat-kohli.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको फाइनलमा भारत र दक्षिण अफ्रिका भिडिरहेका छन् । बारबाडोसमा भइरहेको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको छ । 

आक्रामक शुरुआत गरेको भए पनि भारतले दोस्रो ओभरमै दुई विकेट गुमाउन पुग्यो । कप्तान रोहित शर्मा ५ बलमा ९ रन बनाएर आउट भए भने ऋषभ पन्त रनको खाता नखोली आउट भए । त्यस्तै सूर्यकुमार यादव पाँचौँ ओभरमा ४ बलमा ३ रन बनाएर आउट भए ।

विराट कोहली एक्लैले ब्याटिङ लाइन सम्हालेका छन् । केशव महाराजले २ विकेट लिएका छन् । त्यस्तै कागिसो रबाडाले १ विकेट लिए । 

४.३ ओभर खेल्दा भारतले ३ विकेट गुमाएर ३४ रनमात्र बनायो । 

टी–२० विश्वकपमा भारत दोस्रो तथा दक्षिण अफ्रिका पहिलो उपाधिको खोजीमा छ । दक्षिण अफ्रिका कुनै पनि शैलीको विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको हो । 

समूह चरणमा जित्न निकै संघर्ष गरेको दक्षिण अफ्रिकाले नेपाललाई १ रनले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ